२ कार्तिक २०८३, सोमबार

भुटानबाट अझै पनि आउँदैछन् शरणार्थी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhutanकाठमाडौं, १२ वैशाख । नेपाली मूलका भुटानी नागरिकहरु आफ्नो थलो छाडेर अझै शरणार्थीका रुपमा नेपाल आउने क्रम जारी रहेको खुलासा भएको छ ।

अढाइ दशक पहिले भारतीय भूमि हुँदै पुर्वी नेपाल छिरेका भुटानी शरणार्थीहरु घरफिर्ता हुन सकेनन् ।

उनीहरुमध्ये धेरैजसो तेस्रो देश पुर्नवास गइरहेको कान्तिपुर दैनिकले छापेको छ । यो अवस्थामा समेत दिनहुँजसो नयाँ शरणार्थी आइरहेको शरणार्थी नेताहरुले बताएका छन् ।

भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले सन् २०१२ पछि करिब ३ हजार भुटानी शरणार्थी शिविरमा थपिएको दाबी गरे ।