४ कार्तिक २०८३, बुधबार

गैरसरकारी संस्था महासंघ कैलालीमा विक निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hem-karnaधनगढी, ११ वैशाख । गैरसरकारी संस्था महासंघ कैलालीको अध्यक्षमा हेमकर्ण विक निर्वाचित भएका छन् ।

महासंघको शुक्रबार धनगढीमा भएको आठौं अधिवेशन तथा १४औं साधारण सभाबाट विक अध्यक्षमा निर्वाचित भएका हुन् ।

महासंघको उपाध्यक्षमा सम्भु कुँवर, सचिवमा सुदीप शर्मा, सहसचिवमा कर्ण रावल र कोषाध्यक्षमा रत्ना विष्ट चयन भएका छन् । यसैगरी, सदस्यहरुमा गोपाल विक, चेतमान साउँद, कमला केसी, सावित्रा घिमिरे र बसन्ती चौधरी रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय महासचिव गोपाल लम्सालले गरेका थिए ।