४ कार्तिक २०८३, बुधबार

प्रधानसेनापति जवरा पाकिस्तान जाँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gaurav_Shumsher_JB_Ranaकाठमाडौँ, ११ वैशाख । प्रधानसेनापति गौरव शम्सेर जवरा आफ्ना पाकिस्तानी समकक्षी साहिल सरिफको निमन्त्रणामा भोलि पाकिस्तानको साताव्यापी भ्रमणमा जानुहुने भएको छ ।

भ्रमणका क्रममा उहाँले पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन, रक्षा सचिव मुहम्मद अलामसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जङ्गी अड्डामा पत्रकार सम्मेलन गरेर दिनुभयो ।

प्रधानसेनापतिको पाकिस्तान भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुनका साथै दुई देशका सेनाबीचको सहकार्यले पारस्परिक सम्बन्ध विस्तारमा योगदान पुग्ने विश्वास नेपाली सेनाले गरेको उहाँले बताउनुभयो ।

प्रधानसेनापति जवरा नेतृत्वको भ्रमण दलमा उपरथी सुन्दर पुडासैनी, सहायक रथी ईश्वर हमाल र सहसेनानी सुदर्शन बस्नेत हुनुहुन्छ ।

प्रधानसेनापतिको यो भ्रमण एक दशकपछि हुन लागेको हो । पाकिस्तानी प्रधानसेनापतिबाट हालसम्म नेपाल भ्रमण भएको छैन । रासस