४ कार्तिक २०८३, बुधबार

मोटरसाइकलमाथि पहिरो खस्दा एक जनाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, ११ बैशाख । पाल्पामा गुडिरहेको मोटरसाइकलमाथि पहिरोसहितको ढुङगा खस्दा एक जनाको मृत्यु भएको छ ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २० प ४३९२ नम्बरको मोटरसाइकलमा गौँडेपुल नजिक पुग्दा माथिबाट ढुङगा खसेर मोटरसाईकलमा सवार पाल्पा मदनपोखरा १ का ३५ बर्षीय अमृत कुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

करिब २ बजेर २५ मिनेट जाँदा भएको दुर्घटनामा परि २४ बर्षीय अन्जु सारु घाइते भएकी छिन् । मोटरसाइकको पछाडि बसेकी मुर्गिया रुपन्देहीकी २४ वर्षकी अन्जु सारु र दुई इटालियन नागरिक घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोसँगै झरेको ढुंगाले लागेपछि मोटरसाइकल भने सडकबाट ५० मिटर तल डुम्रे खोलामा खसेको थियो । सामान्य घाइते भएका तीनैजना लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार पछि फर्किएका छन् ।