काठमाडौं, ११ वैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीका तत्कालीन केन्द्रीय सदस्य स्व.शशीकला राजभण्डारीले पार्टीमा महत्वपूर्ण योगदान गरेको बताएका छन् ।
स्व.शशीकला स्मृति पुरस्कार एवं सम्मान वितरण एवं स्मृति सभामा बोल्दै अध्यक्ष थापाले भने- ‘जागिरे सेवाबाट अवकाश प्राप्त मान्छेले प्राय निष्कृय जिवन विताउने गर्छन् तर स्व.शशीकला जागिरे सेवा पछि राप्रपा नेपाललाई रोज्दै पार्टीमा क्रियाशील हुनुभयो । उहाँ राष्ट्रियताको भावनाले ओतप्रोत हुनुहुन्थ्यो र पार्टीमा केही योगदान दिन चाहनुहुन्थ्यो ।’
स्व.शशीकला राजभण्डारीको स्मृृतिमा नर्सिङ्ग क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएकी नेपाली सेनाका सहायक रथी प्रा.डानर्वदा थापालाई यस बर्षको ‘स्व.शशीकला राजभण्डारी स्मृति पुरस्कार एवं सम्मान २०७२’ पार्टी अध्यक्ष कमल थापाले प्रदान गरे ।
सम्मानित व्यक्तित्व प्रा.डा.थापाले यस सम्मानबाट आफुलाई थप बढी जिम्मेवारी बढेको विचार व्यक्त गरिन् । स्व. शशीकला नेपाली सेनाकी अवकाश प्राप्त प्रमुख सेनानी थिइन र विरेन्द्र सैनिक अस्पतालमा सेवा गरेकी थिइन ।
कार्यक्रममा पार्टीका सहायक महामन्त्री सभासद कुन्ती शाही र केन्द्रीय सदस्य राजाराम बर्तौलाले बोलेका थिए भने स्व. शशीकलाका परिवारजनलाई पनि अध्यक्ष थापाले खादा ओढाई सम्मान गरेका थिए ।
















प्रतिक्रिया