४ कार्तिक २०८३, बुधबार

चुत्राबेसी मन्दिरको महत्व झल्काउन ‘सिद्धेश्वर गाथा’ प्रकाशित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sideshor-aargakhachii– घनश्याम पौडेल

अर्घाखाँची, ११ बैशाख । नेपालमै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको चुत्राबेसी सिद्धेश्वर शिबालय मन्दिरको महत्व तथा विषेषतालाई समेटेर हेमराज पराजुलीद्धारा लेखिएको पुस्तक सिद्धेश्वर गाथाको प्रकाशन गरिएको छ ।

सन्धिखर्क तथा चुत्राबेसीको जननीको रुपमा रहेको सिद्धेश्वर शिबालयका बिगतका घटना किम्बदन्ती एबं बर्तमान सन्दर्भ समेत संकलन गरि सिद्धेश्वर गाथा नामक पुस्तकको प्रकाशन गरिएको हो ।

शिबालय मन्दिर भएको स्थानमा पुजाआजा सुरु भए पछि बिस्तारै बजार पनि बस्न थालेको पनि पुस्तकमा समेटिएको छ । सन्धिखर्क चुत्राबेसी स्थति सिद्धेश्वर शिबालय मन्दिरमा नेपालकै एक मात्र स्फटिक धातुको शिबलिंग रहेको छ ।

सन्धिखर्क र चुत्राबेसीमा बजार तथा गाँउ बस्नु अघिदेखिनै पुजाआजा गरिदै आएको शिबालयको स्थापना महत्व, तथा अर्घाखाँचीका धार्मिक स्थलको समेत जानकारी पुस्तकमा राखिएको छ ।

बैदिक धर्म परिषद नेपालका केन्द्रीय सचिब हेमराज पराजुलीद्धारा लिखीत सिद्धेश्वर गाथामा सिद्धेश्वर मन्दिर तथा शिबालयको स्थापना हुनु अघि देखि अहिले शक्तिपीठको अबस्था सम्मको सम्पुर्ण गतिबिधिलाइ समेटिएको छ ।

दैनिक रुपमा बैदिक बिधिपुर्बक पुजा आजा गरिने यस मन्दिरमा अक्ष तृतीया, शिबरात्री,तीज, सहित साउन महिनाभर बोलबम मेला पनि लाग्ने गर्दछ । सिद्धेश्वर गाथा पुस्तकको स्वामीनारायण मुक्तिनाथ धाम नँया गाँउका पिठाधीस लोकानन्द स्वामी महाराजले बिमोचन गर्नु भएको हो ।

पुस्तकको बारेमा पाणिनि बहुमुखी क्याम्पसका सहायक प्राध्यापक बुद्धिराज भुसालले समीक्षा गर्नु भएको थियो । बिमोचन कार्यक्रम नारायण प्रसाद खनालको अधयक्षता र नेत्रप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

सिद्धेश्वर गाथा पुस्तक लेख्नु अघि लेखक हेमराज पराजुलीका जीबनमार्ग र दिब्य तिलोत्तमा शक्तिपीठ नामक कृतिहरु प्रकासनमा आएका छन ।