पोखरा, ११ वैशाख । नक्कली जग्गाधनी बनाई अर्काको जग्गा कीर्ते कागजपत्र बनाई बिक्री गर्ने सात जनालाई जिल्ला अदालत कास्कीले रु एक करोड ५० लाख जरिवाना र कैद गर्ने पैmसला गरेको छ ।
अमेरिका बस्ने चितवनकी शान्ता राणाको पोखरा–६ लेकसाइडमा रहेको जग्गा नक्कली जग्गाधनी र कीर्ते कागज बनाई बेच्ने सात जनाको गिरोहलाई ठगीको प्रकृतिअनुसार कम्तीमा दुई महिनादेखि छ वर्षसम्मको कैदको पैmसला गरेको हो । जिल्ला न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले उक्त पैmसला सुनाएको हो ।
आपूm शान्ता राणा भएको भन्दै नक्कली नागरिकतासहितका कागजपत्र बनाएर ठगीमा संलग्न भएकी नुवाकोट ककनीकी आशामाया लामालाई छ वर्ष कैदसहित रु ५६ लाख ७८ हजार जरिवानाको पैmसला भएको अदालतका स्रेस्तेदार दीनबन्धु बरालले जानकारी दिनुभयो । ठगीमा संलग्न कास्की मालपोत र पोखरा उपमहानगरपालिकाका १४ जना कर्मचारीले भने सफाइ पाएका छन् ।
पैmसलाअनुसार आशामायाकी छोरी सुष्मालाई दुई महिनाको कैद र रु एक लाख जरिवाना तोकिएको छ । अदालतले रामचन्द्र भण्डारीलाई तीन वर्ष कैद र रु ३५ लाख ६६ हजार, ईश्वर कार्की र पीताम्वर भण्डारीलाई एक÷एक वर्ष कैदसहित रामचन्द्रकै जतिकै जरिवाना तोकिएको छ । त्यस्तै भोजराज भण्डारी र डिल्लीराम पौडेललाई छ महिना कैद र रु पाँच हजार जरिवानाको पैmसला भएको छ ।
काठमाडौँको कालिमाटीमा तरकारी बेच्दै आएकी आशामायालाई रु पाँच लाख दिने लोभ देखाएर गिरोहले शान्ता राणा बनाई प्रयोग गरेको थियो । गिरोहको योजनाअनुसार राणाको जग्गा आशामायाबाट २०६८ साल असोज ५ गते बबिता कार्कीका नाममा पास भएको थियो । उनको १४ आना जग्गा उनीहरुले कित्ताफोड गरी बबिताबाट दाङ्सिङका चन्द्रबहादुर गुरुङ र पाल्पाका निर्मल गौतमलाई बिक्री गरेका थिए ।
रु तीन करोड पर्ने अनुमान गरिएको उक्त जग्गा उनीहरुले रु एक करोड ५० लाखमा किनबेच गरेका थिए । एक्काइस वर्षदेखि अमेरिका बस्दै आएकी चितवनकी राणाले आफ्नो जग्गा सँधियारले मिचेको खबर सुनेर आउँदा जग्गा अर्काले बेचिसकेको थाहा पाएकी थिइन् । उनले बाबु मोहनबहादुर थापाबाट २०४३ सालमा उक्त जग्गा बकस पाएकी थिइन् । रासस















प्रतिक्रिया