
– विवेक विश्वकर्मा
भैरहवा ११ बैशाख । बुद्धजयन्ती तथा लुम्बिनी दिवस नजिकिदै गएको बेला राजनीतिक कुराकानी नमिल्दा लुम्बिनी बिकास कोषमा पदाधिकारी नियुक्ती प्रक्रियामा अत्यन्तै ढिलाई भएको कारण बीरबलको खिचडी झै बनेको लुम्बिनीबासी अनुभव गर्न थालेका छन् ।
माघ ५ गते कोषका उपाध्यक्ष भिक्षु कर्मासङ्गबो शेर्पाको राजीनामा तथा कार्यसमिती सदस्य अमिरिका कोहाँर, सुबर्णमुनिसाक्य, प्रबीणराजसाक्य र भिक्षु कौडिन्य लगायत आठ जनाको कार्य अवधी समाप्त भए देखि नै कोषमा हाल सम्म पदाधिकारी नियुक्ती हुन नसकेको हो ।
कोषका कोषाध्यक्ष ओम अर्याललाई कार्यबाहक उपाध्यक्ष बनाईए ता पनि काम चलाउ बाहेक कुनै दीर्घकालीन निर्णय गर्न नसकिने भएको ले पदाधिकारी नियुक्ती ढिलाईले गर्दा बुद्धजयन्ती तथा लुम्बिनी दिवसमा खासै असर नपर्ने भएको हुदा बिभिन्न उपसमितीका बैठक बसेर आ- आफनो काम गरिरहेको सदस्यसचिव अजितमान तामाङ्ग को भनाई छ । सदस्य सचिव अजितमान तामाङ्गले प्रधानमन्त्री बिदेश भ्रमण बाट स्वदेश फर्केपछि पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढने संभावना रहेको जानकारी गराएका छन् ।
अढाई महिना बितिसक्दा पनि पदाधिकारी नियुक्ति प्रक्रियामा ढिलाई भएकै कारण कोषमा दु्रत गतिमा भईरहेको निर्माण कार्यहरुमा समेत नकरात्मक असर नदिनका लागि संकृति मन्त्रालयको निर्देशनमा केही बजेट निकासा गरि फाटफूट योजनाका कामहरु मात्रै भईरहेको बुझिएको छ ।
कोषमा नयाँ पदाधिकारी नियुक्ति बारे कोषका कार्य बाहक उपाध्यक्ष ओमअर्यालसँग जानकारी लिन खोज्दा अन्तर्राष्ट्रिय संस्था लुम्बिनी जस्तो ठाँउमा लामो समय सम्म पदाधिकारी नियुक्ती नहुनु स्वाभाविकै रुपमा त्यसको नराम्रो असर पर्ने स्वकारोक्ती गर्दै नीतिनिर्माण तहमा गतिरोध अझै हटन नसकेको सकेको बताए ।
यद्यपी कोषमा समयमा पदाधिकारी नियुक्ति भए लुम्बिनीबिकास कार्य द्रुत गतिमा अगाडी बढने अपेक्षा गर्दै स्थानीय बुद्धसमाजका अध्यक्ष भिक्षु बिबेकानन्दले पदाधिकारी नियुक्ति गर्दा स्थानीयबासी र लुम्बिनीको महत्व बारे बिशेषज्ञ बयक्तित्व लाई नियुक्ती गर्न सरकारले ध्यान पुर्याउनु पर्ने सुझाव दिएका छन् ।
तर धार्मिक पर्यटकीय स्थल लुम्बिनीलाई राजनीतिक घेरा बाहिर राखेर राजनीतिक नियुक्ति खारेज गरि सर्बाअधिकार सपन्न स्वायत्त संस्थाको रुपमा बिकास नगरे सम्म यस्तै भईरहने कोषका पूर्ब पूरातत्वबिद बसन्त बिडारीको भनाई छ । कुनै राजनीतिक ब्यक्ति भन्दा लुम्बिनीलाई राम्रो सँग बुझने स्वच्छ ब्यक्ति बिशेषलाई छनौट गरि राख्नु पर्ने पूरात्व बिद बिडारीको तर्क छ ।















प्रतिक्रिया