
काठमाडौं, ११ वैशाख । ८३ बर्षीय मिनबहादुर शेरचन सगरमाथा चढ्नका लागी लुक्लातर्फ लागेका छन् । गैर आवसीय नेपाली संघ, युकेको प्रायोजनमा र हिमालयन गाईड्सको प्राविधिक सहयोगमा सगरमाथा चढ्न लागेका शेरचन लोकतन्त्र दिवसका दिन सगरमाथा चढ्नका लागी लुक्लातर्फ लागेका हुन् । शेरचनलाई खेलकुदमन्त्री पुरोषोत्तम पौडलेले खादा ओडाएर विदाई गरेका छन् ।
विदाई गर्दै मन्त्री पौडेलले–‘देशको नाम राखेर आउनुहोस् बा हामी हाम्रो तर्फबाट हुने सहयोग र सद्भावका लागी सदैव तयार छौ ।’ भनेका छन् । विदाई कार्यक्रममा शेरचनका आफन्त लगायत सर्वसाधारणले विदाई गरेका थिए ।
सन २००८ मा ७६बर्षको उमेरमा शेरचनले जापानका ७५ बर्षीय युचिरो मिउराले गरेको वल्र्ड रेर्कडलाई उछिनेर सगरमाथा आरोहण गरी सबैभन्दा जेष्ठ आरोहीको उपाधी पाएर गिनीज बुक अफ द वल्र्डमा रेर्कड कायम गराएका थिए ।
तर सन् २०१३ मातिनै युचिरो मिउराले ८० बर्षको उमेरमा सगरमाथा आरोहण गरेपछी शेरचनको वल्र्ड रेकडको उपाधी खोसिएको थियो । गएको बर्ष शेरचन सगरमाथा आरोहणका लागी सगरमाथाको क्याम्प १(६००० मि) सम्म गईसकेका थिए । तर प्रतिकुल मौसमका कारण आरोहण रद्द गरि फर्किएका थिए ।
हिमालयन गाईड्सले शेरचन सगरमाथा चढ्नका लागी शारीरीक रुपले तन्दरुस्त रहेको जनाएको छ । सबैभन्दा पाको उमेरमा चढ्नका लागि गएको बर्ष क्याम्प १ सम्म तयारी साथ बसेका थिए । तर मौसम खराबी भएका कारण आधार शिविरबाट फर्केका थिए । तर अहिले उनले सगरमाथा चढेर मात्र फर्कने संकल्प लिएका छन् । शेरचन भन्छन्–‘अहिले सम्ममा आफ्नो स्वास्थ्य पुर्ण स्वस्थ रहेका कारण यो पटक सगरमाथा आरोहण गरेर मात्र फर्कन्छु ।’
गैर आवसीय नेपाली संघ युकेका नेपाल प्रतिनिधी दुर्गा बहादुर बुढा(सागर)ले नेपालको गौरब राखीसकेका ब्यक्ती पुनः सगरमाथा जस्तै विश्वमा नेपाल र नेपालीको गौरबलाई उच्च बनाउछु भन्ने उद्घोष गरे, त्यो कार्यलाई साथ दिनका लागी आफ्नो सस्थाले साथ दिएको बताए । आरोही शेरचन देशकै नाम विश्वमा उच्च राख्छु भने पछि आफ्नो सस्थाले उहाँको आँटलाई साथ दिएको बताए । आरोही शेरचनलाई ५ जना अनुभवी माउन्टेन गाईड सहित सगरमाथा आरोहण गर्ने तयारीमा छन् ।




















प्रतिक्रिया