४ कार्तिक २०८३, बुधबार

सगरमाथामा झन्डा फहराएर काँग्रेसलाई ‘शुद्ध’ पारिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-flag_20150120101556काठमाडौँ, ११ वैशाख । नेपाल ट्रेड युनियन काँग्रेसको झन्डा सगरमाथामा फहराइने भएको छ । ट्रेड युनियन काँग्रेस पाँचथर युवा समिति संयोजक सुशील शेर्माले सङ्गठनको झन्डा लिएर सगरमाथा आरोहण गर्न लाग्नुभएको हो ।

ट्रेड युनियन काँग्रेस केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा सभासद् तथा नेपाली काँग्रेसका युवा नेता गगन थापाले पर्वतारोही शेर्मालाई सङ्गठनको झन्डा हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा नेता थापाले शेर्माको सगरमाथा आरोहण व्यक्तिगत नभई ट्रेड युनियन काँग्रेस तथा सिङ्गो नेपाली काँग्रेस परिवारसँग जोडिएको विषय हो भन्दै पार्टी सङ्गठनको पहिचानलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

फरक प्रसङ्गमा सभासद् थापाले यही वैशाख १७ गते बस्ने संविधानसभा बैठकबाट संविधान निर्माणको प्रक्रिया अघि बढ्ने बताउनुभयो ।
ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले शेर्माको सगरमाथा आरोहण अभियान संसारका प्रजातन्त्रवादी र श्रमजीवी जनताका लागि प्रेरणाको विषय भएको बताउनुभयो ।

उहाँले आरोहणका लागि सानो रकमबाट सुरु गरिएकाले थप रकम जुटाउने काम भइरहेको र सगरमाथा आरोहणको सलामी दस्तुर मिनाहा लागि सरकारलाई आग्रह गरिएकामा सकारात्मक प्रतिक्रिया पाएको जानकारी दिनुभयो ।

सङ्गठनका उपाध्यक्ष गणेश निरौला, सचिव महेन्द्र यादव, पूर्व उपाध्यक्ष रीता खनाललगायतले पार्टी सङ्गठनको इतिहासमा पहिलोपटक हुन लागेको नौलो प्रयास सगरमाथा आरोहण गौरवको विषय भएको उल्लेख गर्नुभयो ।

पाँचथर माङजाबुङ–३ का शेर्माले यसअघि अन्य केही चुचुराको आरोहण गरिसक्नुभएको छ । पाँचवर्षे बाल्यकालदेखिको सगरमाथा आरोहण गर्ने चाहना २०७२ सालमा पूरा गर्ने अवसर आएकामा शेर्माले खुसी व्यक्त गर्दै यसका लागि सबैको साथ सहयोग चाहिने बताउनुभयो ।

ट्रेड युनियनको झन्डा सगरमाथामा फहराएर ‘श्रमलाई सम्मान गराँै श्रम शक्ति नै राष्ट्र शक्ति हो’ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको उहाँले बताउनुभयो । आरोही शेर्मा सोमबार सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गर्ने युवा समितिले जनाएको छ ।