४ कार्तिक २०८३, बुधबार

अनुमतिबिना सञ्चालित विद्यालयको सम्बन्धन खारेज हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलम्ची, ११ वैशाख । जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले जिल्लामा अनुमतिबिना सञ्चालित विद्यालयको सम्बन्धन खारेज गर्ने भएको छ ।

जिल्लामा हालसम्म अनुमति पाएका ३८ वटा संस्थागत विद्यालयमध्ये गुन्सामा रहेको आमा याङरी कम्युनिटी इङ्लिस बोर्डिङ स्कुलबाहेक ३७ वटा विद्यालय सञ्चालनमा रहेका छन् । ती मध्ये पनि अधिकांश विद्यालयले जिल्ला शिक्षाको नियमलाई बेवास्था गर्दै बिनाअनुमति तोकिएको भन्दा बढी कक्षामा भर्ना लिएर पठनपाठन गरिरहेको पाइएको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले जानकारी दिनुभयो ।

जिशिअ पुरीले बिनाअनुमति विद्यालय सञ्चालन नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोधसमेत गर्नुभयो ।

आगामी जेठको पहिलो साताभित्र सबै विद्यालयको अनुगमन गरिसक्ने बताउँदै उहाँले कसैले अटेर गरे विद्यालयमा तालाबन्दी गर्नेदेखि सम्बन्धनसमेत खारेज हुन सक्ने बताउनुभयो ।

जिल्लामा सञ्चालित अधिकांश संस्थागत विद्यालयले नियमविपरीत विद्यार्थीहरुलाई भर्ना लिन थालेपछि अभिभावक चिन्तित हुन थालेका छन् ।

बिनाअनुमति सञ्चालित विद्यालयमा भर्ना हुँदा लगानी डुब्ने तथा कुनै पनि बेला आफ्ना बालबालिका शिक्षाबाट वञ्चित हुनसक्ने भएकाले आफ्ना बालबालिका भर्ना गर्दा विद्यालयको सक्कली अनुमतिपत्र हेर्न पनि जिल्ला शिक्षा कार्यालयले सबै अभिभावकमा अपिलसमेत गरेको छ । रासस