काठमाडौं, ११ वैशाख । एकमात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा प्रमुखका लागि दौडधुप सुरु भएको छ ।
गुप्तचरका आइजिपी जितबहादुर केसी १४ जेठमा अनिवार्य अवकाश पाउन लागेकाले उनका ठाउँमा प्रमुख हुन गुप्तचरका दुई मुख्य अनुसन्धान निर्देशक ९एआइजी० देवराज भट्ट र दिलीप रेग्मी लबिङमा लागेका हुन् । गुप्तचरमा दुई एआइजी छन् ।
यसअघि सरकारले डिआइजीबाट एआइजीमा बढुवा गर्दा वरीयता क्रममा दोस्रो रहेका डिआइजी दिलीप रेग्मीलाई पहिलो नम्बरमा र पहिलो स्थानमा रहेका भट्टलाई दोस्रो स्थानमा बढुवा गरेको थियो ।
सरकारको बढुवा विवादित भएको थियो । भट्ट रेग्मीभन्दा दुई वर्षअघि सेवामा प्रवेश गरेका थिए । डिआइजीमा बढुवा पनि रेग्मीभन्दा तीन वर्षअघि भएका थिए ।
स्रोतका अनुसार यसअघि पूर्वगुप्तचर प्रमुख देवीराज शर्मा र गृहमन्त्री वामदेव गौतमले भट्टलाई बढुवा नदिई डिआइजी गणेश अधिकारीलाई एआइजी बनाएर केसीपछिको आइजिपी बनाउने योजना पनि बनाएका थिए ।
शर्मा र गौतमको खेल प्रधानमन्त्री सुशील कोइरालाको हस्तक्षेपपछि असफल भएको सौर्य दैनिकले छापेको छ । भट्ट डिआइजीको पदावधि सकिनु एक दिनअघि मात्र एआइजीमा बढुवा भएका थिए ।















प्रतिक्रिया