४ कार्तिक २०८३, बुधबार

पत्रकार जोशी र चौधरी पुरस्कृत, तीन जना सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhn-Journalist-puraskarधनगढी, ११ वैशाख । होटल जलसा प्रालिद्वारा स्थापित धु्रव–ईश्वरी पत्रकारिता पुरस्कारबाट कैलालीका दुई जना पत्रकार पुरस्कृत भएका छन् ।

त्यस्तै, ध्रुव–ईश्वरी पत्रकारिता सम्मानबाट तीन जना पत्रकार सम्मानित भएका छन् । बिहीबार धनगढीमा आयोजित एक समारोहमा पत्रकार गणेश चौधरीलाई २०७१ सालका लागि र पत्रकार हिमाल जोशीलाई २०७० सालका लागि पुरस्कार प्रदान गरियो ।

उनीहरूलाई होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष लक्ष्मण तुलाचन (तरुण), होटल जलसाका सञ्चालक अध्यक्ष दिपक थापा, होटल व्यावसायी संघका अध्यक्ष महेश शाह तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशबिक्रम शाहले संयुक्त रूपमा ट्रफी, चेक, खादा तथा प्रमाणपत्र प्रदान गरे । पुरस्कारको राशी ११ हजार एक सय ११ रुपैयाँ रहेको छ ।

पत्रकारिताको माध्यमबाट सुदूरपश्चिमको पर्यटन तथा आर्थिक विकासमा योगदान पु¥याएवापत पत्रकार चौधरी र जोशीलाई पुरस्कृत गरिएको सो अवसरमा चर्चा गरियो ।

त्यस्तै, सुदूरपश्चिममा लामो समयदेखि पत्रकारिता पेसामा आवद्ध अग्रज पत्रकारत्रय घनबहादुर शाह, मनमोहन स्वाँर र उमिदप्रसाद बागचन्दलाई ‘ध्रुव–ईश्वरी पत्रकारिता सम्मान–२०७२’ बाट सम्मानित गरियो । त्यस्तै, धनगढीका सफल होटल व्यावसायी थीरबहादुर स्वाँरलाई पनि सम्मान गरियो ।

होटल जलसाका अध्यक्ष दीपक थापा तथा प्रबन्ध निर्देशक प्रदिप थापाले आफ्ना मातापिता स्वर्गीय धु्रवबहादुर थापा र ईश्वरी थापाको सम्झनामा २०६९ सालमा ध्रुव–ईश्वरी पत्रकारिता पुरस्कार स्थापना गरेका थिए ।

पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा होटल व्यावसायी महासंघ, कैलालीका संस्थापक अध्यक्ष तुलाचन (तरुण) ले राजनीतिक आग्रहपूर्वाग्रहका आधारमा गरिने पत्रकारिता निरत्साहित गर्न अनुरोध गरे ।

नेपाल पत्रकार महासंघका सुदूरपश्चिम संयोजक शाहले निजी क्षेत्रका तर्फबाट पत्रकारिता प्रवद्र्धनका लागि भएको प्रयास सराह्रनीय रहेको चर्चा गरे ।

होटल व्यावसायी महासंघका जिल्ला अध्यक्ष महेश शाहले मानव निर्मित पर्यटकीय स्थलको सम्भावनाबारे खोजमूलक समाचारमा जुट्न स्थानीय पत्रकारहरूलाई आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष तथा होटल जलसाका सञ्चालक अध्यक्ष थापाले आगामी पर्यटन तथा आर्थिक समृद्धिका सम्भावनाबारेका समाचार तथा समाचार सामग्री बृद्धिको उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए ।

कार्यक्रममा पुरस्कृत पत्रकारद्वय जोशी र चौधरी, सम्मानित पत्रकार शाह, नेपाल पत्रकार कैलालीका अध्यक्ष भरत शाह, होटल व्यावसायी संघ कैलालीका सचिव कलमबहादुर बमले पनि वोलेका थिए ।