१४ कार्तिक २०८३, शनिबार

संविधान नबनाइ संविधानसभालाई खेर जान दिन्नौँ : अध्यक्ष ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliखोटाङ, १० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान संविधानसभालाई संविधान नबनाई खेर जान नदिने दावी गर्नुभएको छ ।

एमाले खोटाङको छैठौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले अघिल्लो चुनावमा एमाले हारेका कारण संविधानसभा असफल भएको उल्लेख गर्दै दोश्रो संविधानसभालाई असफल हुन नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “धन्दा नमान्नुस्, यसपल्ट संविधानसभामा एमाले छ, यहाँ झुक््याउन खोजिँदैछन्, तर हाम्रो संकल्प संविधान हो, त्यसैले सहमतिका लागि प्रयास गछौँ तर सहमति नजुटे संवैधानिक प्रकृयाबाट भएपनि संविधान जारी गरेरै छाड्छौँ ।”

अध्यक्ष ओलीले शान्ति, लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, संवृद्धि स्थापना गर्ने संकल्पसहितको संविधान जारी हुने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “तपाईहरू निराश नहुनुस्, अब देशको गरिबी, पछौटेपन हटाएर संवृद्धितर्फ जानका लागि मार्ग प्रशस्त गर्ने संकल्प सहितको संविधान बन्छ, ।” अध्यक्ष ओलीले हिमाल, पहाड, तराईलाई अलग गर्नका लागि राजनीतिमा च्याँखे दाउ थाप्ने काम गरिएको बताउनुभयो । रासस