४ कार्तिक २०८३, बुधबार

आगोले जलेर बालकको घटनास्थलमै मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– घनश्याम पौडेल
अर्घाखाँची १० बैसाख । अर्घाखाँचीको पोखराथोक गाविसमा आज दिउसो लागेको आगालागिमा आगोले जलेर एक बालकको घटनास्थलमै ज्यान गएको छ ।

पोखराथोक ८ कमाइघारीका भीमबहादुर सुर्यबंसीको घरमा आगो लाग्दा उनका ७ बर्षिय छोरा थमन सुर्यबंसीको ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन । घरमा थमन मात्र भएको समयमा आगोलागी भएकोले आगो लाग्नुको कारण थाहा हुन सकेको छैन ।

आगोलागीबाट भीमबहादुर सुर्यबंसीको घर र गोठ तथा उनका भाइ सोभासिंह सुर्यबंसीको गोठ समेत जलेर नष्ट भएको प्रहरी चौकी खिदिमले बताएको छ ।

आगोलागीको घटनाबारे अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक युबराज तिमिल्सीनाको नेतृत्वको प्रहरी टोली घटस्थालतर्फ गएको छ । आगोलाइ स्थानीयबासिन्दा र प्रहरी चौकी खिदीमका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।