काठमाडौँ, १० वैशाख । वातावरण संरक्षणमा ध्यानाकर्षण गराउन गान्धी अन्तर्राष्ट्रिय मिसन नेपालले आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पाँच जातका रुख हस्तान्तरण गरेको छ ।
ओली निवास बालकोटमा सो मिसनका अध्यक्ष सुशील जगनानी अग्रवालले कागती, दुबी, आँप, स्याउलगायत विरुवा हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष ओलीले वातावरण संरक्षण अहिलेको महत्वपूर्ण सामाजिक दायित्व भएको जनाउँदै रुख पाएपछि आफू यसमा अझ संवेदनशील भएको बताउनुभयो ।
मिसनले यसअघि राष्ट्रपति डा रामवरण यादव, एमालेका नेता माधवकुमार नेपाललगायत विशिष्ट व्यक्तिलाई पनि रुख प्रदान गरिसकेको छ । रासस















प्रतिक्रिया