काठमाडौं, १० वैशाख । चर्चित योग गुरु रामदेव ‘बाबा’ योग यात्राका क्रममा विहीबार काठमाडौं आर्लिएका छन् । योग अभियान अन्तर्गत शुक्रबारदेखि टुँडीखेलमा हुने योग शिविरमा सहभागी हुन रामदेव अपराह्न ४ बजे काठमाडौं ओर्लिएका हुन् ।
टुँडीखेलमा हुने योग शिविरको राष्ट्रपति डा. रामवरण यादवले शुक्रबार विहान पौने ५ बजे उदघाटन गर्ने कार्यक्रम रहेको पतञ्जली योग प्रतिष्ठान केन्द्रीय समितिले जनाएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका रामदेवले सञ्चारकर्मीको संक्षिप्त कुराकानीमा नेपाल-भारतको सम्वन्ध थप मजबुत बनाउन योग अभियानले भुमिका खेल्ने धारणा राख्नुभयो ।
हप्तादिन लामो कार्यक्रममा नेपाल आएका रामदेब राजधानीको मण्डिखाटारस्थित आश्रममा बास बस्नेछन् । भर्खरै सप्ताह पार गरेको वाग्मती सफाई अभियानमा पनि रामदेवले शनिवार सफाई गर्ने कार्यक्रम पनि छ । ‘म नेपाल आउनुको मुख्य उद्देश्य पवित्र बाग्मती सफाई हो’ सञ्चारकर्मीसँग रामदेवले भन्नुभयो ।















प्रतिक्रिया