४ कार्तिक २०८३, बुधबार

बस दुर्घटनामा मृतक र घाइतेलाई भारतीय सैनिक विमानले लग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-army-air

काठमाडौँ, १० वैशाख । बुधबार धादिङमा बस दुर्घटनामा परी निधन भएका र घाइते भएका आफ्ना नागरिकलाई भारत सरकारले वायु सेनाको विशेष विमानमार्फत आज स्वदेश लगेको छ ।

नेपालस्थित भारतीय राजदूतावासको समन्वयमा आज बिहान ११ः३० बजे नेपाल आएको सो विमान अपराह्न ३ः२५ बजे फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका कामु महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

धादिङस्थित त्रिभुवन राजपथको झ्याप्लेखोलामा बुधबार बिहान भएको बस दुर्घटनामा परी १७ जनाको भारतीय तीर्थालुको निधन भएको थियो । दुर्घटनामा परी १३ जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

भारतीय तीर्थयात्री बोकेको जिजेड १४ एक्स १९०० नम्बरको दुईतले बस बुधबार मोटरसाइकललाई ठाउँ दिन खोज्दा अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो । पशुपतिनाथको दर्शन गरेर भारतको गोरखपुरका लागि छुटेको सो बसमा ४५ तीर्थालु सवार थिए । रासस