१४ कार्तिक २०८३, शनिबार

डिभीको नतिजा एकसाता भित्र सार्वजनिक हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

US-Embassy

काठमाडौं, १० वैशाख । सन् २०१६ का लागि डाइभर्सिटी भिसा (डिभी) २०१५ को नतिजा एकसाता भित्र सार्वजनिक हुने भएको छ ।

२०१४ को अक्टूबर १ तारिखदेखि नोभेम्बर २ सम्म भरिएका आवेदकमध्येबाट यही वैशाख १८ गते नतिजा सार्वजनिक हुने अमेरिकी दूतावास स्रोतले जनाएको छ ।

दूतावासले अमेरिकी समयअनुसार मे १ तारिखको राति १२ बजेपछि अफिसियल वेबसाइटमा डिभीको नतिजा राख्ने बताइएको छ । छानिएकाहरुले अमेरिकाको स्थायी बसोबास कार्डका लागि प्रक्रिया सुरु गर्नेछन् ।

सन् २०१६ का लागि विभिन्न देशका ५५ हजार भन्दा बढी नागरिकहरुले स्थायी बसोबास भिसा पाउनेछन् । आवेदकहरुले कन्फरमेसन नम्बर सन् २०१५ सेप्टेम्बर ३० सम्म सुरक्षित राख्नुपर्नेछ ।

EDV