काठमाडौ, १० वैशाख । वैदेशिक शिक्षाका लागि अवैध बाटोबाट गन्तव्य जान लागेका ७ जना नेपाली विद्यार्थी पक्राउ परेका छन् । उनीहरु युरोपको ग्राण्डा नामक देशबाट पक्राउ परेका हुन् ।
ग्राण्डा प्रहरीले ७ जना नेपाली विद्यार्थीलाई अवैध बाटो प्रयोग गरेकाले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा दिपक सापकोटा, चन्द्र बहादुर थापा, अंकित ढकाल, प्रदिप अधिकारी दिपक भुजेल, सर्मा काफ्ले अर्जुन र नुमकला तिवारी रहेका छन् ।
बुधबार त्यहाँको प्रहरीले विज्ञप्ती जारी गर्दै सात जना नेपाली विद्यार्थीलाई पक्राउ गरेको पुष्टि गरेको छ । यसबारेमा नेपाल प्रहरीलाई समेत जानकारी गराइसकिएको छ ।
गत सातादेखि सेन्ट लुकियाबाट हराइरहेका ७ जना नेपाली विद्यार्थीलाई डुंगाको सहायताले ग्राण्डा पुगेपछि मंगलबार त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको जनाइएको छ ।
मानव बेचेविखन गर्ने गिरोहको फन्दामा परेर ७ जना नेपाली विद्यार्थीलाई ग्राण्डा पुर्याइएको प्रहरीको अनुमान छ । उनीहरुसँगै एक जना ग्राडाका नागरिक समेत पक्राउ परेका छन् । प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहको जनाएको छ ।












प्रतिक्रिया