२ कार्तिक २०८३, सोमबार

महामारीमा रोग नै पत्ता लाग्न सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jajarkot-flueकाठमाडौं, १० वैशाख । तीन सातादेखि जाजरकोटका गाउँगाउँमा फैलिएको रोग सरकारले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

रोग निदान नहुँदा जुनसुकै समस्यामा पनि स्वाइन फ्लु भन्दै गाउँले आत्तिएर स्वास्थ्यजाँचका लागि शिविर जाने गरेका छन्।

काठमाडौंका विभिन्न अस्पतालबाट सरकारले खटाएका र आफूखुसी उपचारका लागि प्रभावित क्षेत्रमा पुग्ने चिकित्सकसँग गाउँलेको एउटै माग हुन्छ, ‘मलाई पनि स्वाइन फ्लु भएको छ रे औषधि दिनुस् न।’

शिविरमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीले ती बिरामीलाई के भएको हो भनेर पत्ता लगाउन सकेका छैन। चिकित्सकरूले रोग थामथुम पार्न सिटामोल र एन्टिबायोटिक बाँडिरहेको कान्तिपुर दैनिकले छापेको छ ।

रोग निदान गर्नुपर्ने निकाय स्वास्थ्य मन्त्रालय र त्यस मातहतको महामारी तथा रोग निवारण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् भने चुपचाप छन्।

ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, हड्डी खानेजस्ता लक्षण देखिने बिरामीको संख्या विकट गाउँमा फैलिए पनि त्यसबारे ती निकायले कुनै तदारुकता देखाएका छैनन्।