४ कार्तिक २०८३, बुधबार

युवतीको इच्छा विपरित जंगलमा लगेर जबरजस्ती सिन्दुर हाल्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi-districtगुल्मी, ९ वैशाख । विवाह गर्न मन मिल्नुपर्छ अनि मात्रै दुई आत्माको मिलन हुन्छ भनिन्छ । तर, गुल्मीमा भने त्यो उखान लागू नहुँदा ठुलो दुर्घटना भयो ।

गुल्मी छापाहिले गाउँमा एक युवतीलाई जंगलबाट उठाएर उनको सिउँदोमा जबरजस्ती सिन्दुर हालिएको छ । छापाहिले-३ निवासी गोठे विश्वकर्माकी १६ वर्षीया छोरी गीतालाई सोही गाविस वडा–८ हिलोगाउँका २३ वर्षीय राहुल विश्वकर्माले माइजु पर्ने दीपा विश्वकर्माको सहयोगमा जबर्जस्ती सिन्दुर हाली घर भित्र्याएका थिए ।

तर, विवाह भनेको दुई मनको मिलन हो । जबरजस्ती सिन्दुर हाल्दा त्यसको भोलिपल्टै युवतीले मन नमिल्दा बेहुली पहिरनमा भीरबाट फालहालेर आत्महत्या गरिन् । गीताले विवाह गरेको दोस्रो दिनै आफ्नो इच्छा विपरित जबरजस्ती सिन्दुर हालेपछि भीरबाट हाम्फेर आत्महत्या गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरी निरीक्षक अम्विकाप्रसाद गुप्ताका अनुसार घटनाका दोषी दुलाहा र उनकी माइजु दीपा र राहुललाई हिरासतमा लिएर राखिएको थियो तर, प्रहरीले पछि उनीहरूलाई बाहिरै मिल्न लगाएर पठाइएको छ ।

विहेबारीका लागि केटी हेर्न बोलाएको दिन बेहुला पक्षले जबरजस्ती छोरीलाई उठाएर सिन्दुर हालेको उनकी गीताकी आमा रमाले बताईन् । ‘आमा, मलाई जंगलमा जबर्जस्ती सिन्दुर हालेर राहुलले घर भित्र्याएको छ । दुईपटकसम्म भागेँ । तर, उनीहरूले मलाई बाख्रो लखटेझैँ लखेटेर घर ल्याएर भित्र्याएका छन्, मलाई लिन आउनुस् आमा । म यहाँ बस्दै बस्दिनँ भनेर छोरी गीताले रुँदै उसै साँझ फोन गरेकी थिई,’ उनले भनिन् ।

छोरी ल्याउन गएका गीतका आमाबुबाले पछि साथीबाट थाहा पाए उनले भिरबाट हाम फालेर आत्महत्या गरिन् । केटा पक्षले जबरजस्ती गर्दा मेरो छोरी ज्यान गएको गीता बताउछिन् । जबरजस्ती सिन्दुर हाल्ने दुलाहाले पनि घटनामा गल्ति स्वीकार गरेको प्रहरीले जनाएको छ । गल्ति स्वीकारेपछि क्षतिपूर्ति दिएर घटना मिलापत्र गरिएको छ ।