४ कार्तिक २०८३, बुधबार

आगलागीबाट पाँच घर र दुई गोठ जलेर नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट (उदयपुर), ९ वैशाख । जिल्लाको पश्चिमी गाविस सोरुङ छवीसे–६ स्थित साङ्लेमा आज आगलागी हुँदा पाँच घर र दुई गोठ जलेर नष्ट भएका छन् ।

मध्याह्न १२ बजे स्थानीय बमबहादुर गुर्वाछान मगरको गोठबाट सुरु भएको उक्त आगलागीले छिमेकाका अन्य घरसमेत जलेर नष्ट भएको हो ।

आगलागीबाट बमबहादुर गुर्बाछान् मगरको घरसहित गणेशबहादुर गुर्वाछान मगर, लोकबहादुर गुर्बाछान मगर र शङ्कर अधिकारीको घरसहित पाँच घर र दुई गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रारम्भिक अनुमानअनुसार आगलागीमा रु १८ लाख बराबरको क्षति भएको बताइएको छ । आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको थियो ।

बमहादुर गुर्बाछान मगरले बिहान गोठमा गाईवस्तुलाई खोले पकाएर गोठको आगो ननिभाई जङगलतर्फ जाँदा उक्त गोठबाट आगलागी सुरु भएको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । रासस