४ कार्तिक २०८३, बुधबार

झाडापखाला लागेर दार्चुलामा बालकको मृत्यु, ३ जना सिकिस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

darchula_district– नरेन्द्रसिंह कार्की
दार्चुला, ९ चैत । सुनसेरा गाविस ५ दम्फामा झाडा पखालाका कारण एक बालकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीय बालक खिमाराम कामी रहेका छन् । सोमबारबाट विरामी भएका कामी मंगलबार सुनसेरा स्वास्थ्य चौकीमा उपचारको लागि गएका थिए ।

स्वास्थ्य चौकीमा झाडा पखालामा लगाउने आरएल सलाइन नभएपछि विरामीलाई जिल्ला अस्पताल रिफर गरिएको स्वास्थ्य चौकी इन्चार्ज दरपालसिह कुँवरले बताए । मृतक बालकलाई बुधबार अस्पताल ल्याउने तयारी गरेको बेला घरमै मृत्यु भएको मृतकका बुवा हरेराम कामीले बताए ।

सो वस्तीमा १५/२० परिवार दलित बस्ने गर्दछन् । स्वास्थ्य चौकी इन्चार्ज कुवरका अनुसार स्वास्थ्य चौकीले झाडा पखाला लागेका थप ३ जना बालबालिकालाई उपचारको लागि जिल्ला अस्पताल रिफर गरिएका छन् । भने २ जना बालबालिकाको स्वास्थ्य चौकीबाट औषधी दिएको उनले बताए ।

रिफर गरिएकाहरुमा सिता कामी, लक्ष्मी कामी र सोविता कामी रहेका छन् । दलित बस्ती रहेको सो वडामा मात्र झाडा पखालाका विरामी देखिएका छन् । झाडा पखाला कसरी लाग्यो भनेर यकिन हुन सकेको छैन । भ्mाडा पखाला लागेको बेला दिइने औषधी अभाव भएपछि जिल्लाबाट औषधी माग गरिएको छ उनले भने ।

जिल्ला अस्पताल दार्चुलाका डा. अमित रौनियारले सुनसेराको लागि औषधी पठाउने तयारी गरेको बताए । खच्चडमार्फत जीवनजल, सलाइन लगायतका औषधी पठाउँछौ उनले भने ।

हालसम्म सुनसेराबाट रिफर गरिएका बालबालिकाहरु जिल्ला अस्पताल पुगेका छैनन् उनले भने भारतीय बजार नजिक भएका कारण धारचुलामा उपचारको लागि गएको हुन सक्छ उनले भने ।