४ कार्तिक २०८३, बुधबार

भैरहवामा अपराधीको ‘अड्डा’ सखाप पार्दै एसपी ढकाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SP Dhakal Photo

– विवेक विश्वकर्मा
भैरहवा, ९ बैशाख । भैरहवा आसपासका क्षेत्रहरुमा चोरी निकासीका घटनाहरु बढदै गए पछि अहिले रुपन्देही प्रहरीले आफ्नो निगरानी बढाएको छ ।

रुपन्देहीको पडसरी गाविसको वडा नं. ५ नयागाउमा ना ५ ख ५५९० नम्बरको पर्यटक बसबाट पार्किङ्ग गरिएको बसबाट इन्टरनेट राउटर, टिभी, डिभिडी प्लेयर लगायत यसमा प्रयोग हुने अन्य सामाग्री चोरी भयो । चोरी भएको केही बेरमा नै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले चोरी भएका सामाग्री सहित पडसरी ५ बस्ने १८ बर्षिय आशिष भण्डारी, १८ बर्षिय बिशाल तामाङ्ग र १६ बार्षिय साजन गुरुङ्गलाई पक्राउ गर्यो ।

यस अघि पनि बेशाख ८ गते पडसरी गाविसकै वडा नं. ८ कटैयामा रहेको कटैया जयमाता दि टे«डिङ्ग एण्ड कोल्ड सप्लायर्सबाट राती ९ बजे नगद ८६ हजार ५ सय चोरी गर्ने पडसरी ८ कटैया बस्ने ३१ बर्षिय भेषराज सरदारलाई वडा प्रहरी बाट खटिएको टोलीले ८४ हजार ८ सय नगद सहित पक्राउ गरेको थियो ।

भैरहवा तथा यस आसपासमा अहिले चोरीका घटनाहरुमा वृद्धि भई रहेको स्थानियहरु बताउछन । प्राय गरेर लागु औषद्यको कुलतमा फसेका युवाहरु आफ्नो अम्मल मेटाउने अरु साधन नभेटेपछि चारी गर्न लागेको उनीहरुको बुझाई छ । कुलतमा लागेका युवाहरु घरबाट रकम नपाएपछि नगर तथा यस आसपासमा रहेका साईकल, पानी तान्ने मोटर, घरेलु सामाग्री देखि अन्य ठूला ठूला चोरीमा समेत संलग्न हुने गरेको पाईएको छ ।

अहिले भैरहवा तथा यस आसपासमा बिभिन्न चोरीका निकासीका घटना बढदै गए पछि यसलाई नियन्त्रण गर्न रुपन्देही प्रहरी पनि सक्रिय भएर लागेको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र ढकालले बिगत १० देखि जिल्लामा भएको अपराधिक घटनाहरुको सूचि सार्वजनिक गरेका छन् ।

ढकालले दिएको जानकारी अनुसार यी दुई चोरीका घटनाका साथसाथै लागे औषध कारोबारी पनि प्रहरी फन्दामा परेका छन । पूर्व माओवादी लडाकु समेत रहेका तिलोत्तमा नगरपालिका वडा नं. १६ बस्ने रमेश चौधरीलाई २६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

अस्थायी प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले उनलाई बैशाखको २ गते टिनी ब्याट्रीबाट चल्ने तराजु, नगद २५ हजार ३ सय सहित पक्राउ परेका चौधरीमाथि यसअघि पनि ज्यान मार्ने उद्योग तथा हात हथियार खरखजाना मुद्दा चलेको प्रहरी अभिलेखबाट देखिएको ढकालले जनाए ।

जिल्लामा शान्ती सुरक्षाको अवश्था बिग्रन नदिन तथा अमन चयन कायम गर्न कुनै चुक नगर्ने एसपी ढकालको दावी छ । जिल्लाको धमौली गाविसमा जग्गा सम्बन्धि बिषयमा विवाद भएर कुटपिट गरि एक वुद्धको मृत्यु भएकोमा कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले हिरासतमा राखी अनुसन्धान गरि रहेको उनले जनाए । पक्राउ पर्नेहरुमा शिव शरण यादव, शिव बचन यादव, राम किशुन यादव र पाना माती यादव रहेको ढकालले बताए ।

यसै गरि प्रहरी आचरण बिरुद्ध काम गर्ने रुपन्देही प्रहरीका बिभिन्न दर्जाका ४१ जना प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक राजेन्द्र ढकालले आचरण बिरुद्ध काम गर्ने प्रहरीहरुलाई भटाभट कारवाही थालिए पछि त्यस्ता प्रहरी आत्तिएको श्रोतको दावी छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्न र अपराधी प्रवृतिलाई निरुत्साहीत गर्न आफु लागी परेको एसपी ढकालको भनाई छ ।

कारवाही हुनेहरुमा केही महिना अघि बुटवलको गोलपार्कमा सर्वसाधारणको घरमा मादक पदार्थ सेवन गरी प्रवेश गर्ने ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक किरन रानाभाटलाई प्रहरी प्रधान कार्यालयले नोकरीबाट दर्खास्त गरेको छ ।

रानाभाट सहित अन्य ३ जनालाई नोकरीबाट हटाएको, २५ जनालाई नसिहत दिएको, २ जनाको दर्जा घटाएको, ५ जनालाई तल्लो टाईम स्केलमा घटुवा गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यसै गरि गलत आचरण देखाउने ४ जनाको बढुवा रोक्का गरिएको, १२ जनालाई सचेत गरेको र अन्य ६ जना माथी कारवाही प्रकृया जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।