– तीर्थ नेपाल
चितवन, ९ बैशाख । नारायणगढको पोखरा बसपार्कमा मंगलवार राती यात्रुवाहक बसको ठक्करवाट एकजना पैदल यात्रुको मृत्यु भएको छ ।
पोखरावाट काकंडभिट्टा तर्फ जादैं गरेको ना ४ ख ६८४४ नम्वरको रात्री वसको ठक्करवाट पैदल यात्रुको घटनास्थलमै ज्यान गएको हो ।
अन्दाजी ५० बर्षिय पुरुष मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटना राती १० बजे भएको हो । शव पोष्टमार्टमाका लागि भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र सो बसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया