काठमाडौं, ९ वैशाख । धादिङको झ्याप्रेखोलामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।
भारतीय नम्बर प्लेटको बस आज बिहान नागढुंगा नजिकै दुर्घटनामा पर्दा ६ जनाको ज्यान गएको हो । थुप्रै घाइते भएका छन् ।
प्रहरीका अनुसार, बस सडकबाट १०० मिटर तल खसेको छ । बसमा काठमाडौंबाट पशुपति दर्शन गरेर गोरखपुर जाँदै गरेका ५१ जना यात्रु थिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोलीले यतिबेला घटनास्थलमा उद्दार कार्य जारी राखेको छ ।















प्रतिक्रिया