रौतहट, ९ वैशाख । रौतहटमा प्रेमीले विवाह गर्ने आश्वासनमा शारीरिक सम्पर्क राखेर धोका दिएपछि एक युवती आफ्नै कोठामा झुण्डिएकी छिन् ।
चन्द्रपुर नगरपालिका–१० सन्तपुर टोलका कृष्णप्रसाद बोल्खेको १६ वर्षीया छोरी सुजाता बोल्खेले आफनै घरको सिलिङ पंखामा सलको पासो घाँटीमा लगाएर आत्महत्या गरेकी हुन् ।
प्रहरी अनुसन्धान अनुसार उनका प्रेमी रामबहादुरले विवाह गर्ने आश्वासनमा शारीरिक सम्बन्ध बनाएर धोका दिएपछि आत्महत्या गरेको खुलेको छ । उनका प्रेमी प्रहरी सम्पर्कमा आएका छैनन् ।
गत बुधबार (वैशाख ३) मा भएको घटना अनुसार पंखामा सुजातालाई झुन्डिएकोे अवस्थामा देखेपछि उनका बुवा कृष्णप्रसादले अचेत अवस्था मै चन्द्रनिगाहपुर अस्पतालमा लगेका थिए । अस्पताल पुर्याएको केही बेरमै उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थप अनुसन्धान गरिरहेको रौतहटका डिएसपी नेत्रमणि गिरीले जानकारी दिनुभयो । सुजाता विगत दुई वर्षदेखि रामकुमारको प्रेममा थिईन् ।
















प्रतिक्रिया