रौतहट, ९ वैशाख । रौतहटमा एक किशोरी माथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । स्थानीय भसढेवा गाविसकी १६ वर्षीया किशोरी घाँस काट्न गएको मौका छोपेर दुइजना युवाले सामुहिक बलात्कार गरेका हुन ।
घरबाट एक्लै गाउँदेखि पश्चिम पर्ने लाल बकैया नदी किनारमा गाई बस्तुका लागि घाँस काटिरहेको बेला गाउँकै दुईजना युवाले किशोरीको मुख थुनेर नजिकै रहेको झाडीमा लगेर पालैपालो बलात्कार गरेको पीडितले प्रहरी समक्ष वयान दिएपछि घटना सार्वजनिक भएको हो ।
गत बिहीबार नदी किनारमा घाँस काटदै गरेको अवस्थामा स्थानीय १८ वर्षीय रधुनन्दन राय यादव र २२ वर्षीय सुनिलराय यादवले बैशाख तीन गते किशोरीको मुख थुनेर नजिकै रहेको झाडीमा बलात्कार गरेको पीडितले प्रहरीसमक्ष बयान दिएकी छिन् ।
बालात्कारको सिकार भएपछि गंभीर घाइते भएकी पीडित किशोरीले परिवारमा आफुमाथि भएको घटनाको जानकारी पीडित परिवारले प्रहरीमा उजुरी दिएको थियो ।
बलात्कारीका कारवाहीको माग गर्दै पीडित पक्षले सोमबार साँझ इलाका प्रहरी कार्यालय गरुडामा दुवै जना माथि किटानी जाहेरी दर्ता गराएका छन् । घटनाका आरोपी दुवै युवक फरार रहेकोले उनीहरुको खोजी इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलाल जैयसवारले बताए ।
पीडित युवतीको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण गरेर घटनाको सत्यतथ्य अनुसन्धान गरिरहेको उनले बताए । मदन ठाकुरले आजको नागरिक दैनिकमा लेखेका छन् ।















प्रतिक्रिया