२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीले आफ्ना जिम्मेवारी भुलेर किन विदेश गए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaकाठमाडौं, ९ वैशाख । दलीय समझदारी निर्माणमा मुख्य अग्रसरता लिनुपर्ने प्रधानमन्त्री सुशील कोइराला नै झण्डै १० दिन लामो विदेश यात्रामा निस्किएपछि संविधानसभाको बिहीबारको बैठक पनि मुल कार्यसूची विहीन हुने भएको छ ।

बालुवाटारमा सोमबार बिहान बसेको प्रमुख तीन दलको बैठकले संविधानका विवादित बिषयमा समझदारी कायम गर्ने र संविधानसभाको प्रक्रिया कसरी अघि बढाउने भन्नेबार निष्कर्ष निकाल्न कांग्रेस सभापति कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेबारी दिएको कान्तिपुर दैनिकले छापेको छ ।

तर उक्त जिम्मेवारी पाएको केही घण्टा नवित्दै प्रधानमन्त्री कोइराला इन्डोनेसियामा हुने सम्मेलनमा भाग लिन हिडे ।

उनको अनुस्थितिमा प्रमुख दलका नेतहरुको मंगलबार बैठक नै बसेन ।