जाजरकोट, ९ वैशाख । दुर्गम र पटकपटक मौसममा भइरने फेरबदलले जाजरकोटका संक्रमण प्रभावित क्षेत्रमा उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मी परिचालन गर्न कठिनाइ भएको छ।
एउटा गाविसबाट अर्को गाविसमा पुग्न पैदल कम्तीमा दुई दिन लाग्ने भएपछि सरकारले हेलिकोप्टरबाट चिकित्सक पुर्याउन थालेको थियो।
तर बुधबार प्रभावित क्षेत्र जुँगाथापाचौर, गर्खाकोट र थालारैकरमा चिकित्सक र स्वास्थ्यकर्मी लिएर गएको नेपाली सेनाको हेलिकोप्टर अत्यधिक हावाहुरी चलेपछि अवतरण गर्न नसकी फर्किएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
लिकोप्टर पटकपटक फिर्ता भएपछि सदरमुकाम खलगंगामा दिनभर चिकित्सक त्यतिकै बस्न बाध्य भए।
अर्छानी जान तयार भएको नेपाली सेनाका डा सुरेश कायस्थको टोली हेलिकोप्टर उड्न नसकेपछि खलंगामै बस्यो।
प्रभावित क्षेत्रमा बिरामीको उपचारका लागि छिटो चिकित्सक पठाउन स्थानीय स्वास्थ्यकर्मीले टेलिफोनबाट अनुरोध गरिरहेका थिए।















प्रतिक्रिया