पोखरा, ८ चैत । कास्कीको पोखरामा एक युवकले १५ वर्षीय बालिकालाई ललाई फकाई बलात्कार गरेका छन् । आफ्नो कोठामा टेलिभिजन हेर्न बोलाएर पोखरा १५ का १८ वर्षीय कुमार गुरुङले भतिजी साइनो लगाउँदै मिठाइ खुवाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पीडित परिवारको उजुरी अनुसार गत वैशाख ५ गते बेलुका बालिकालाई टिभी हेर्न आफ्नो कोठामा बोलाएर गुरुङले मिठाइ खुवाएर बलात्कार गरेका थिए ।
प्रहरीले बलत्कार गरेको उजुरीका आधारमा बैशाख ६ गते पक्राउ गरी जवरजस्ती करणी मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको कास्कीका प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिनुभयो ।















प्रतिक्रिया