४ कार्तिक २०८३, बुधबार

औषधिको झोला बोकेर जाजरकोट पुगेका डा केसीले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr-Govinda-kc
काठमाडौं, ८ चैत । मेडिकल माफिया विरुद्धको आन्दोलनको नेतृत्व गरेर चर्चामा आएका त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसी जाजरकोट सदरमुकाम पुगेका छन् ।

स्थलमार्गबाट बस चढेर डाक्टर केसी मंगलबार जाजरकोट पुगेका हुन् । जाजरकोटमा फैलिएको महामारी रोगका स्थानीयलाई बचाउन डा केसी आफु कमजोरै भएपनि प्रकोपक्षेत्रमा पुगेका छन् ।

जाजरकोट पुग्दै डा केसीले विरामीको महामारी पीडितको उपचारमा लाग्न आग्रह गरेका छन् । ‘अहिले महामारी पीडित जनतालाई ठुलो मद्दत चाहिएको छ, बिकट गाउँमा महामारीले पीडितको राहत र औषधि उपचारका लागि सबैसँग सहयोग गर्न आग्रह गर्दछु ।’ डाक्टर केसीले जाजरकोटमा आयोजित पत्रकार भेटघाटमा भनेका छन् ।

उहाँले म जाजरकोट नआए कति बेला आउनु त ? जनतालाइ यत्रो दुःख परेको छ अनि म कसरी काठमाडौंमा बस्न सक्छु ? एउटा नेपालीले अर्को नेपाली विपदमा पर्दा मजाले बस्न सक्दैन नि ।  ‘केही औषधि ल्याएको छु आवश्यक परे फेरि अरु पनि मगाउँछु’ भावुक हुँदै भने ।

आफुले नसके आफ्ना सहयोगीलाई समेत बोलाएर विरामीको औषधो उपचार गराएरै छाड्ने उनको दृढता छ । डाक्टर केसीले महामारी फैलिएकै विकट ठाउँमा पुगी घर घरमा गएर उपचार गर्ने र नियन्त्रणमा आए जिल्ला अस्पतालमै बसेर विरामीको उपचार गर्ने योजना सुनाए । गाडीको यात्रा गर्दै जाजरकोट आएका केसी केही औषधि सहित एक्लै खलंगामा छन् ।

डाक्टरको केसीको उपचार अभियानमा वीवीसी नेपाली सेवा प्रमुख तथा चर्चित पत्रकार रविन्द्र मिश्र नेतृत्वको हेल्प नेपाल नेटवर्कले सहयोग गर्ने भएको छ । बीबीसी प्रमुख मिश्रले उपचार अभियान आवश्यकता अनुसार औषधि काठमाडौंबाट जाजरकोट पठाइने जानकारी दिए ।

Dr-Govinda-kc