४ कार्तिक २०८३, बुधबार

तीन महिनाभित्र स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Emergency Service Building, TUTH, Maharajgunjकाठमाडौँ, ८ वैशाख । सर्वोच्च अदालतले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तीन महिनाभित्र गराउन परमादेश दिएको छ ।

प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले स्ववियु निर्वाचन गराउन सरकार र त्रिवि विश्वविद्यालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

राष्ट्रिय जनमोर्चानिकट विद्यार्थी सङ्गठन अनेरास्ववियु(छैटौँ)का महासचिव विमलप्रसाद पोखरेलले गत असार ३२ गते सरकार र त्रिवि कार्यकारी परिषद्लाई विपक्षी बनाएर रिट निवेदन दायर गर्नुभएको थियो । यसअघि अदालतले तत्कालीन स्ववियु पदाधिकारीलाई कुनै पनि काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो । रासस