१४ कार्तिक २०८३, शनिबार

जाजरकोटमा २४ घण्टाभित्र डाक्टर पठाउन सरकारलाई सर्वाेच्चको आदेश

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suprim-court-nepalकाठमाडौं, ८ वैशाख । सर्वोच्च अदालतले अज्ञात रोगको महामारी फैलिएको जिल्ला जाजरकोटमा २४ घण्टाभित्र डाक्टर पठाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायधीश गोविन्दकुमार उपाध्यायको एकल इजलासले २४ घण्टाभित्र उच्चस्तरीय चिकित्सकको टोली पठाउन सरकालाई आदेश दिएको हो ।

साथै अदालतले मृतकका परिवारलाई दाहसंस्कार र उचित क्षतिपूर्ति समेत उपलब्ध गराउन भनेको छ । अज्ञात रोगको महामारीबाट जाजरकोटमा मंगलबारसम्म २६ जनाको मृत्यु भइसकेको छ ।