४ कार्तिक २०८३, बुधबार

त्रिपालभित्र यसरी अध्ययन गर्छन् मुस्लिम समुदायका बालबालिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DCIM100MEDIA

– विवेक विश्वकर्मा
भैरहवा ८ बैशाख । रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार पछाडी पारिएको चौतर्फी चर्चा भईरहेको बेला सो क्षेत्रमा एक मर्दसाका मुस्लिम बालबालिका त्रिपाल भित्र पठनपाठन गर्न बाध्य भएका छन् ।

हावा हुरीले छानो उडाए पछि मर्चवार क्षेत्र अन्र्तगत पर्ने फरेना गाबिस वडा नं ५सुदेशर स्थित मर्दसा तालिमुल कुरआन सल्फिया ईस्लामियाका बालबालिकाहरु त्रिपालभित्र पठनपाठन गर्न बाध्य भएका हुन ।

DCIM100MEDIAआर्थिक आभावका कारण मुश्लिम सामुदायले खाना पकाउदा निकालेको मुट्ठी भर चामलबाट चलिरहेको मदरसामा कक्षा एक देखि कक्षा ३ सम्म एक सय भन्दा बढी बिद्यार्थीहरु त्रिपाल भित्र पढन बाध्य भएको कुरा शिक्षिका अनिशा हरिजनले जानकारी गराएकी छिन् ।

त्यस्तै मुस्लिम सामुदायमा खाना पकाउदा एक मुठठी चामल शिक्षाका निम्ती निकाल्ने धार्मिक प्रचलन बमोजिम संकलन गरिएको मुठठीको चामल तथा कुर्बानीको छाला बिक्री बाट भएको आमदानीले एक शिक्षिका आफू समेत गरि दुई मौलाना अर्थात ईस्लाम धर्मगुरु मार्फत अरबी, उर्दु, हिन्दी, नेपाली, तथा अंग्रेजी माध्यममा पठनपाठन भईरहेको मौलाना जयनुद्दीन मुसलमानले बताएका छन ।

DCIM100MEDIAत्यतिमात्र नभई शिक्षिकालाई मासिक चार हजार तथा मौलवी हरुलाई मासिक दशहजार तलब तोकिएको हुदा तलब पुरयाउन गाह्रो भईरहेको हुदा भवन निर्माण हुन नसक्दा बिद्यार्थी त्रिपालभित्र पढन बाध्य भएको अर्का मौलाना अब्दुल कुद्दुशको गुनासो छ । त्रिपालभित्र पढदा गर्मीमा चर्को घामले थेग्न नसक्दा आफूहरुको गर्मीसम्बन्धीबिभिन्न रोग बाट हालात खराब भएको छात्रा आयशाको दुखेसो छ ।

DCIM100MEDIAसो सम्बन्धमा जिल्ला शिक्षा कार्यालय रुपन्देही शिक्षा समती सदस्य अब्दुलरहमान मुसलमान सँग त्रिपाल भित्र मर्दसा समस्या समाधान बारे जिज्ञासा राख्दा उनी सो मर्दसाले यसै आर्थिक बर्ष अनुमति माँग गरेको खण्डमा मात्रै शिक्षा कार्यालय मार्फत सहयोगको दाबेदार हुन सक्ने बताए । यद्यपी आफूमाथि नेपाली भाषा लादिएको भन्दै अधिकांश मर्दसाहरु जिल्ला शिक्षा कार्यालयमा मर्दसा दर्ता अनुमति लिन नचाहेको बुझिएको छ ।