दाङ, ८ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नागरिकको सुरक्षामा सरकारले दायित्व पूरा नगरेको आरोप लगाउनुभएको छ ।
दाङको तुलसीपुरमा मंगलबार आयोजित साक्षात्कारमा बोल्दै नेता थापाले जाजरकोटमा दशौ नागरिक अकालमै मरिरहदा पनि सरकारले कुनै चासो नदेखाएकोमा आपत्ति जनाउनुभयो । आफ्नै पार्टी नेतृत्वको सरकारको आलोचना गर्दै नेता थापाले देशमा सरकारै नभएको महसुस जनताले गरिरहेको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो-‘जाजरकोट रोगले ग्रस्त छ । न सरकारलाई चासो छ, न प्रतिपक्षलाई । एउटा सिटामोल औषधि नपाएर जनता मरिरहेका छन्, सरकार चलाउने सिंहदरबारमा व्यस्त छन्, प्रतिपक्षीहरु पनि मस्त निद्रामा सुतिरहेका छन् ।’
उहाँले फरक प्रसङ्गमा आफ्नै पार्टीको आलोचना समेत गरेका छन् । पछिल्लो समय कांग्रेस गुट उपगुटको सिकार हुँदै गएको बताउँदै त्यसको नेतृत्व गर्ने नेतालाई कारवाही हुनपर्ने उहाँको भनाई छ ।












प्रतिक्रिया