२९ आश्विन २०८३, बिहिबार

इन्डोनेसियामा एसिया अफ्रिका व्यापार सम्मेलन सुरु, प्रधानमन्त्री कोइराला पनि सहभागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indonesia Asia Africa Conference

जकार्ता, ८ वैशाख । एसियाली अफ्रिलकी व्यापार सम्मेलन इन्डोनेसियामा मङ्गलबार बिहान सुरु भएको छ । प्राप्त समाचारअनुसार इन्डोनेसियाली राष्ट्रपति जोको विदोदोले मङ्गलबार बिहान सो सम्मेलनको उद्घाटन गर्नुभएको हो ।

इन्डोनेसियामा सुरु हुन गइरहेको एसियाली अफ्रिकी सम्मेलनको एक कार्यगत क्षेत्रअन्तर्गत यो व्यापारसम्बन्धी सम्मेलन मङ्गलबार बिहान सुरु भएको हो । उक्त सम्मेलनमा लागि विश्वका कयौँ देशका नेता त्यहाँ जम्मा हुनेक्रम सुरु भएको छ ।

उहाँले मङ्गलबार बिहान सो सम्मेलनको उद्घाटनगर्दै सन् १९५५ मा सुरु भएको सो अभियानले बाङ्डुङ् सम्मेलनको भावनालाई अर्थपूर्ण बनाउन सघाउने धारणा राख्नुभयो ।

यस अभियानका सहभागी सदस्यहरुमा आर्थिक विकासका साथै लगानी प्रवद्र्धन र आपसी सहयोग एवम् समन्वय बृद्धिका लागि यस मञ्चले आगामी दिनमा सघाउ पुर्‍याउने धारणा पनि राष्ट्रपति विदोले राख्नुभयो ।

उहाँले दिनुभएको छोटो उद्घाटन मन्तव्यमा विश्वका दुई ठूला महादेश एसिया र अफ्रिकाका देशहरुले यस मञ्चबाट आर्थिक समृद्धि र जनताको जीवनस्तर उकास्ने कामका लागि कयौँ फाइदा लिनसक्छन् भन्नुभयो ।

सन् १९५५ मा इन्डोनेसियाको बाङडुङमा सम्पन्न अफ्रो एसियाली यो सम्मेलनले यी दुई महादेशका देशहरुबीच एकता र सहयोगको भावना जागृत गराउने पहलको सुरुवात गरेको थियो ।

एसिया र अफ्रिकाका कयौं देशका राष्ट्र तथा सरकार प्रमुखहरुको सहभागिता रहने सो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधनगर्दै उहाँले एसिया र अफ्रिकाका देशहरु अधिक सम्भावनायुक्त रहेकोले विश्वको आर्थिक विकासमा यी देशले ठूलो योगलान पुर्‍याउने सक्नेछन् भन्नुभयो । रासस/सिन्ह्वा