१४ कार्तिक २०८३, शनिबार

जग्गा अतिक्रमण गरेको भन्दै विप्लव माओवादीले वकिललाई कुट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विश्वराज पछल्डङग्या

नेपालगञ्ज, ८ वैशाख । अर्काको जग्गा अतिक्रमण गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले वकिललाई कुटेका छन् । विप्लव माओवादीका कार्यकर्ताहरुले अर्काको जग्गा अतिक्रमण गरेको आरोपमा मंगलबार नेपालगञ्जका अधिवक्ता उदयलाल बर्मालाई आक्रमण गरेका हुन् ।

‘हाम्रो साथीको जग्गा पावर छ भन्दैमा आतिक्रमण गर्ने’ भन्दै अधिवक्ता बर्मालाई नेपालगञ्जको चारबाहिनी चोकस्थित ल फर्ममा लाठी बोकेर आएको चार-पाँच जनाको समूहले विहान १० बजेतिर आक्रमण गरेको प्रहरीले जनाएको छ ।

विप्लव माओवादीका कार्यकर्ताको आक्रमणबाट अधिवक्ता बर्माको टाउको फुटेको छ । खुट्टा तथा हातमा पनि गहिरो चोट लागेको छ । आक्रमणबाट घाइते बर्मालाई उपचारका अस्पताल भर्ना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका बाँकेले घटना संलग्न अभियुक्तहरुको खोजी भइरहेको जनाएको छ । वकिलमाथि आक्रमण भएपछि नेपालगञ्ज बजार तनावग्रस्त बनेको छ ।