४ कार्तिक २०८३, बुधबार

सेन्ट जेभियर्स स्कूल सञ्चालकका हत्यारा १८ बर्षपछि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gopal-khadka

काठमाडौं, ८ बैशाख। सेन्ट जेभियर्स स्कूल जावालाखेलका सञ्चालकका हत्याका अभियुक्त १८ बर्षपछि प्रहरी फन्दामा परेका छन् ।

सेन्ट जेभियर्स स्कूलका सञ्चालक फादर टम ग्याफ्नेको हत्यामा संलग्न गोपाल खड्कालाई १८ बर्षपछि प्रहरीले पक्राउ गरेको हो । काँकडभिट्टामा अपराध अनुसन्धान महाशाखाको फन्दामा परेका खड्कालाई महानगरीय प्रहरी आयुक्तको कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी काठमाडौँमा सार्वजनिक गरेको छ ।

अमेरिकी नागरिक थोमसको २०५४ मंसिर २८ गते राति १० बजे ललितपुरको झम्सिखेलमा रहस्यमय हत्या भएको थियो । हत्या गर्ने दोदा थस्कु ८ का खड्का भएको प्रहरीको भनाइ छ ।