४ कार्तिक २०८३, बुधबार

धुलिखेलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल, ८ वैशाख । धुलिखेल बाँसघारीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

गएराति करिब १ बजे बा३५प ४४३२ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडि बस्ने द्वारिका होटल धुलिखेलको सर्भिस डिपार्टमा कार्यरत पाँचखाल–१ खावाका ४२ वर्षीय दीपकराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको उपचारका क्रममा बिहान करिब २ः३० बजे धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मोटरसाइकल नालीमा खसेको र मोटरसाइकल चालक भक्तपुर–१० बस्ने २५ वर्षीय साजन लबु सामान्य घाइते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । मादकपदार्थ सेवन गरी मोटरसाइकल चलाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ । रासस