३० आश्विन २०८३, शुक्रबार

संयुक्त राष्ट्र सङ्घको बसमा आक्रमण, ६ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Somaliya-Attack

मोगादिसु, ७ वैशाख । सोमालियाको दक्षिणपूर्वी सहर गरोवेमा सोमबार संयुक्त राष्ट्र सङ्घको एक बसमा आक्रमण हुँदा कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ ।

सो आक्रमणमा मारिएका छ व्यक्ति नै संयुक्त राष्ट्र सङ्घका कर्मचारी भएको प्रहरी स्रोतले जानकारी दिएको छ । सो आक्रमणमा परी एक विदेशीसहित संयुक्त राष्ट्र सङ्घका छ कर्मचारी मारिएका प्रहरी अधिकारी अब्दुल्लाही मोहमेदले बताउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घीय कार्यालय नजिकै राष्ट्र सङ्घको एक मिनीबसमा सो बम जडान गरिएको विश्वास गरिएको छ ।

यस आक्रमणको हालसम्म कुनै समूहले जिम्मा त लिएको छैन । तर सोमालीयाली अल कायदा आतङ्ककारी समूहसँग आबद्ध सेबाब आतङ्ककारी समूहले सरकारी अधिकारी र विदेशी सहयोगका लागि परिचालित कार्यकर्ताहरुमाथि नियमित रुपमा आक्रमण गर्दै आएका हुनाले यस आक्रमणमा पनि सोही समूहको हात रहेको प्रहरीले अनुमान गरेको बताइएको छ । रासस/एएफपी