काठमाडौँ, ७ वैशाख । सशस्त्र प्रहरी बलले सेवा अवधि दुई वर्षभन्दा कम रहेका अधिकृतलाई घर व्यवहार मिलाउन सजिलो होस् भन्ने अभिप्रायले घरपायक सरुवा गर्ने व्यवस्था गरेको छ ।
बलले सशस्त्र प्रहरी उपरीक्षकदेखि तल्लो तहसम्मका आफ्ना सवै राष्ट्रसेवकलाई उसको सेवा समाप्तिको पछिल्लो समयमा सम्भव भएसम्म चाहेको घरपायक जिल्लामा सरुवा गरिदिने नयाँ व्यवस्था गरेको जनाएको छ ।
बलले अनिवार्य अवकाश हुन लागेकालाई चाहेको जिल्ला वा क्षेत्रमा सरुवा मिलाउँदा सेवाको सिलसिलामा लामो अवधिसम्म घरबाहिर रहेका प्रहरीलाई घर व्यवहार मिलाउन सजिलो हुने विश्वास लिएको छ ।
सशस्त्र प्रहरी बलले आफ्नो कल्याणकारी कार्यअन्तर्गत सशस्त्र प्रहरी कर्मचारीलाई सुविधा पु¥याउने अभिप्रायले यो नयाँ व्यवस्था गरेको जनाएको छ ।















प्रतिक्रिया