४ कार्तिक २०८३, बुधबार

गैंडा हेर्दै चितवनमा पटिहानी–सौराह पदयात्रा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwan

– सन्दिप भट्ट

चितवन, ७ वैशाख । पश्चिम चितवनको पटीहानी देखी सौराहसम्म पदयात्राको लागी विकास गर्न त्यस क्षेत्रका स्थानियहरु लागी परेका छन् ।

२० औं बन्यजन्तु सप्ताह समापनको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, तथा पटिहानी उपभोक्ता समुहको सहकार्र्यमा त्यस क्षेत्रलाई उत्कृष्ट पदयात्राको रुपमा विकास गर्न सोमवार पदयात्राको उद्घाटन गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले पदयात्राको उद्घाटन गरे । ‘चितवनमा हरेक बर्ष आन्तरिक तथा बाह्य पर्यटन बढिरहेका छन्’ उद्घाटन पछि प्रमुख कँुवरले भने, ‘अव सौराहकेन्द्रीत पर्यटकलाई बसाई लम्बाई पश्चिम क्षेत्रमा लैजानका लागी पदयात्राको खोजी गरेका हौं ।’

‘चितवनमा आएका पर्यटकहरु फेरीपनि चितवन आउन चाहन्छन् तर त्यसका लागी नयां गन्तब्य छैन त्यसका लागी नयां गन्तब्य स्वरुप यस मार्गलाई पैदलमार्गको रुपमा विकास गर्न लागेका हौं ।’ उनले थपे ।

चितवनमा रहेका ४ दर्जनबढी पर्यटकीय गन्तब्यमध्ये पटिहानीलाई उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउन सकिने पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतोको ठहर छ ।

‘पटीहानीवाट विभिन्न बन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकन गर्दै पर्यटकहरु खोरसोर पुग्न सक्छन्’ उनले भने, ‘हामी बन्यजन्तु पीडीत निकुञ्ज आसपासका मानिहरु अव बन्यजन्तुकै प्रचारप्रसार गरी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा लैजान तल्लिन छौं ।’

आफुहरु विभिन्न समयमा निकुञ्जवाट आउने बन्यजन्तुको शिकार हुनुपरेको भन्दै उनले यसका लागी अव स्थानिय जागरुक भएको वताए ।

मानव र बन्यजन्तुको द्धन्द्ध कम गर्न यसले सहयोग पुग्ने विश्वास ब्यत्त गर्दै उनले स्थानियको जीवीकोपार्जनमा पैदलयात्रा संञ्चालनमा आएसंगै सहयोग पुग्ने वताए । पर्यटन ब्यावसायमा स्थानियलाई संलग्न गराई उनिहरको दिगो आम्दानीको श्रोतको रुपमा स्थापित गर्दै जिविकोपार्जनमा सुधार ल्याई वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा बृद्धि गर्न सहयोग पुग्ने वताए ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बुद्धिराज पाठकले पर्यटकीय दिष्टीकोणले पटिहानी उत्कृष्ट गन्तब्य रहेको वताए । हाल त्यस क्षेत्रमा २५ बढी सानाटुला होटल खुलेको वताउदै उनले पदयात्रा गर्न चाहने पर्यटकका लागी यो मार्ग छोटो तथा रोमाञ्चीत मार्ग रहेको वताए ।

३ घण्टाको यदयात्राका क्रममा विभिन्न जीवजन्तुहरु सजिलै देख्न सकिन्छ । गैंडा, जरायो, मृग, लगाएतका जनवारहरु सजीलै देख्न सकिने भएकाले पनि यो पैदययात्राका लागी विकसीत गर्न निकुञ्ज तयार रहेको वताए । त्यस मार्गलाई पैदलयात्राको रुपमा विकसीत गर्न निकुञ्ज तयार रहेको वताउदै उनले यसका लागी स्थानियको जनसहभागीता आवश्यक रहेको वताए । ९ किलोमिटर लामो पदयात्राका लागी विभिन्न ठाउमा बाटोको नक्सा, मचान, सौचालय बनाउन सके त्यहां आउने पर्यटकलाई सजीलो हुने उनले वताए ।