४ कार्तिक २०८३, बुधबार

चितवनमा स्वाईनफ्लु संक्रमित १६६ पुगे, एक जना मात्रै अस्पतालमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bharatpur Hospital

– तीर्थ नेपाल
चितवन, ७ बैशाख । चितवनमा स्वाईनफ्लुवाट संक्रमित हुनेको संख्या बढ्दै गएपनि कसैलाई पनि जटिलता देखिएको छैन् ।

जिल्लामा परिक्षण गरिएका मध्ये हालसम्म एक सय ६६ जनालाई एन्फ्लुएन्जा एचवान एनवान (स्वाईनफ्लु) भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । तर, अस्पतालमा एकजना मात्र भर्ना अवस्थामा उपचाररत रहेको भरतपुर अस्पतालका फिजीसियन डाक्टर भोजराज अधिकारीले बताए ।

रुघाखोकी र ज्वरो आई परिक्षण गराएका ५ सय ५६ जना मध्ये एक सय ६६ जनामा स्वाईनफ्लु देखिएको छ । जस्मा महिला ९७ र पुरुष ६९ जना रहेका छन् । ५३ जनाको परिक्षण रिपोर्ट काठमाण्डौवाट आउन वांकी छ । यस हप्ता परिक्षणका लागि पठाएका मध्य ५४ जना मध्ये १३ जनामा स्वाईन फ्लु देखिएको छ ।

भरतपुर अस्पतालमा उपचारका लागि आएका मध्ये चितवनका एक सय ३८, नवलपरासीका १७, उदयपुरका , रौतहट, कास्की, जनकपुर, गोर्खा, जनकपुर, पर्सा, तनहुं, काभ्रे, महोत्तरी र वाराका एक– एक जनालाई संक्रमण देखिएको हो ।

चितवनको भरतपुर उप–महानगरपालिका वडा नम्वर १० र ११मा संक्रमित हुनेको संख्या धेरै रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर रामकुमार केसीले बताए । ‘यी दुईवटा वडामा बढी संख्या देखिएको छ, यंहाका स्थानिय सर्वसाधरणले बढी सजकता अपनाउनुपर्ने देखिन्छ जोखिम देखिएको छ’– केसीले भने । भरतपुर अस्पतालमा श्रोत र जनशक्तिको अभाव नभएकाले पनि कुनै पनि बिरामीलाई रेफर गर्नु पर्ने अवस्था सिर्जना नभएको केसीको दावी छ ।

अहिले सम्म संक्रमित भएका मध्ये १० जना मात्रै अस्पतालमा भर्ना भएर उपचार गराएको डाक्टर अधिकारीले जानकारी दिए । भर्ना हुनेको औषत अस्पताल बसाई तीन दिनको हुने गरेको छ । ‘कसैलाई पनि जटिलता देखिएको छैन, घर फर्किएकाहरु कोही पनि अफ्ठ्यारो परेर आएका छैनन्’–अधिकारीले भने ।

अस्पतालवाट डिस्चार्ज भई घर गएकाहरुलाई थप समस्या हाल सम्म देखा नपरेको उनले बताए । जिल्लाको परिस्थिती हेर्दा आत्तिनुपर्ने अवस्था नरहेपनि सतर्क र सचेतता अपनाउनपर्ने चिकित्सकको सुझाव छ । निमोनिया, क्षयरोग, क्यान्सर, एड्स अथवा अरु कुनै रोगहरु भएमा मात्रै एचवान एनवानले जटिलता ल्याउने नत्र बिस्तार सुधार भई निको हुने चिकित्सकले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयले सर्वसाधरणको सचेतनाका लागि स्थानिय सञ्चारमाध्यामहरुवाट प्रचार प्रसार भैरहेको जनाएको छ । स्वाईन फ्लु संक्रमितको स्वास्थ्य उपचारमा बिशेष ख्याल गरिएको भेक्टर कन्ट्रोलर केसीले बताए ।

टेमी फ्लु नामक एन्टीवायोटिक औषधि बिरामीलाई निशुल्क उलब्ध गराइएको उनले जानकारी दिए । गर्मी बढ्दै जादा स्वाईनफ्लुको संक्रमणमा कमी हुंदैजाने जनस्वास्थ्यका भेक्टर कन्ट्रोलर केसीले विश्वास ब्यक्त गरे । चितवनमा सन् २०१३ मा १० जना, सन् २०१४ मा ११ जनालाई स्वाईनफ्लु भएको थियो ।