४ कार्तिक २०८३, बुधबार

मोरङमा गरिएको निजी विद्यालय बन्द फिर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

talabandi– सुमन घिमिरे
मोरङ, ७ बैशाख । शुल्क वृद्धिको विरोधमा विभिन्न विद्यार्थी संगठनहरुले मोरङमा आह्वान गरेको अनिश्चितकालिन निजी विद्यालय बन्द फिर्ता भएको छ ।

विहान भएको बार्तामा कुनै सहमति हुन नसकेपछि प्याप्सन र एनप्यापसनको सहभागिता बिनै जिल्ला शिक्षा कार्यालय मोरङमा आज दिउँसो भएको छलफलमा केन्द्रको निर्णय अनुसार नै बृद्धि गरिएको शुल्क फिर्ता लिने सहमति पछि आह्वान गरिएको बन्द फिर्ता भएको हो ।

अभिभावक संघका पूर्वाञ्चल संयोजक देवी पन्थीका अनुसार शुल्कका विषयमा बिद्यार्थी संगठनहरुको समेत सहभागितामा अनुगमन गर्ने , बिद्यालयहरुले २५ किमी भन्दा टाढाबाट बिद्यार्थी नओसार्ने, बसमा क्षमता भन्दा बढी बिद्यार्थी नराख्ने लगायतका विषयमा सहमति भएको छ ।

यसअघि गरिएको बन्दका कारण आज मोरङका करिव ३ सय नीजि विद्यालयमा एकलाख भन्दा बढी विद्यार्थी विद्यालय जान पाएनन् । विद्यालय बन्द खुलाउन र बढेको शुल्कलाई समायोजन गर्न प्याब्सन पदाधिकारी, अविभावक, आन्दोलनरत विद्यार्थी संगठनका प्रतिनिधि र शिक्षाको पदाधिकारीबीच आज विहान भएको वार्ता कुनै निष्कर्षविना सकिएको थियो ।