४ कार्तिक २०८३, बुधबार

चितुवाको आक्रमणबाट खेल्दै गरेका बालकको ज्यान गयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

leopard

बैतडी, ७ वैशाख । बैतडीको उदयदेव गाविस–४ मा सात वर्षीय बालकको चितुवाको आक्रमणमा परी मृत्यु भएको छ ।

आइतबार साँझ स्थानीय मोहन सिंह साउँदको सात वर्षीय छोरा शिवराज साउँदलाई चितुवाले आक्रमण गरेको हो ।

गाउँमा खेलेर घर फर्किरहेका शिवराजलाई चितुवाले बाटोमा आक्रमण गरेको थियो । चितुवाको आक्रमणमा परेका बालकको शव चार घन्टापछि आफन्तले नजिकैको जङ्गलमा फेला पारेका थिए ।

यसअघि पनि बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणबाट १८ जनाले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउनेमा बालबालिका र महिलाको सङ्ख्या बढी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।