४ कार्तिक २०८३, बुधबार

रक्सी पिएको निहुँमा लोग्ने स्वास्नीबीच झगडा, लोग्नेको मृत्यु, स्वास्नी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kutpitधादिङ, ७ वैशाख । नीलकण्ठ नगरपालिका–१ का एक युवकलाई उनको श्रीमतीले आइतबार ढोका लगाउने आग्लोले हानेर हत्या गरेकी छिन् ।

नीलकण्ठ नगरपालिका–२ तीनघरेस्थित एक पसलमा सामान किन्ने क्रममा श्रीमान् २३ वर्षीय कृष्ण परियारलाई उनका श्रीमती दुर्गा परियारले हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिनुभयो ।

पसलमा सामान किन्ने क्रममा दुबै बीच झगडा भएको र मादकपदार्थ सेवन गरेको बेला श्रीमतीले ढोकाको आग्लो झिकेर प्रहार गर्दा कृष्ण गम्भीर घाइते भएपछि उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

मृतकलाई शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ भने अभियुक्त दुर्गालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।