४ कार्तिक २०८३, बुधबार

ऊर्जामन्त्री ज्ञवाली चीन प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RADHA-Gyawoliकाठमाडौँ, ७ वैशाख । ऊर्जामन्त्री राधा ज्ञवाली चीनको हेनान प्रान्तमा आजदेखि सुरु हुने तेस्रो विश्व औद्योगिक सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति चीनतर्फ प्रस्थान गर्नुभयो ।

‘उदीयमान उद्योग  विश्व अर्थतन्त्र वृद्धिमा नयाँ शक्ति’ विषयक सम्मेलनमा भाग लिन हेनानमा एकत्रित भएका चीनको केन्द्रीय तथा प्रान्तीय सरकारका अधिकारीका साथै विश्वका विभिन्न मुलुकका नेतासँग मन्त्री ज्ञवालीले भेटवार्ता गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयले आज जनाएको छ ।

मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा विद्युत् विकास विभागका महानिर्देशक दिनेशकुमार घिमिरे, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्ण पन्थलगायत हुनुहुन्छ । आगामी बिहीबार ऊर्जामन्त्री स्वदेश फर्कने कार्यक्रम छ ।