४ कार्तिक २०८३, बुधबार

झापामा बालिकाद्वारा कक्षा ८ को परीक्षामा फेल भएपछि आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suicide-girl

सुरुङ्गा (झापा), ६ वैशाख । कक्षा ८ को वार्षिक परीक्षामा अनुत्तीर्ण भएपछि झापाको सुरुङ्गामा एक बालिकाले आत्महत्या गरेकी छिन् ।

शनिअर्जुन नगरपालिकास्थित शनिश्चरे घर भई सुरुङ्गा–३ मा परिवारसँगै डेरा गरी बस्दै आएकी १४ वर्षीया विमला लावतीले आज अपराह्न कोठामा रहेको पङ्खामा डोरीको पासो लगाएर झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

उनी कनकाई उच्च माध्यमिक विद्यालयमा अध्ययनरत् रहेको प्रहरीले जनाएको छ । विद्यालयमा आज दिउँसो कक्षा ८ को वार्षिक परीक्षाफल सुन्न गएकी लावती परीक्षामा अनुत्तीर्ण भएपछि घर आएको र घरमा कोही पनि नभएको मौका छोपी आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

बालिकाले आत्महत्या गरेसँगै विद्यालय परिवार चिन्तित बनेको कनकाई उच्च माध्यमिक विद्यालयका शिक्षक तीर्थराज खरेलले जानकारी दिनुभयो । कक्षा ८ को वार्षिक परीक्षामा सामेल १५० विद्यार्थीमध्ये ४१ जनामात्र उत्तीर्ण भएको खरेलले जानकारी दिनुभयो ।